
दमौली : तनहुँको व्यास नगरपालिकाले एकीकृत घुम्ती शिविर सेवा आज देखि सुरु गरेको छ । सोमबार नगरपालिकाका शाखाहरूबाट प्रवाह हुने सेवाहरू जनतालाई सहज होस भन्दै नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरी वडा कार्यालयबाट नगरको सम्पूर्ण सेवाहरू प्रवाह गरेको हो ।
व्यास -१ को वडा कार्यालयमा सेवा नगरप्रमुख बैकुण्ठ न्यौपानेले सुरु गरेका हुन् ।
नगरप्रमुख न्यौपानेले गाउँगाउँमा सिंहदरबार भन्ने सरकारको अभियान सुरु भएको बताउँदै यो अभियानलाई नगरपालिकाको प्रत्येक वडामा पु¥याइने बताए ।
शिविरमा निःशुल्क स्वास्थ्य तथा जनसंख्या शाखाबाट बिशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण,पाठेघरको मुख र स्तान क्यान्सर परीक्षण,एचआइभी,टिबि,औलो रोग,मधुमेह,उच्च रक्तचाप परीक्षण लगायतका सेवाप्रदान गरिने नगरपालिकाले जनाएको छ ।
त्यस्तै सामाजिक सुरक्षाभत्ता वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र, नक्सापास, भवन निर्माण सम्पन्न प्रमाणपत्र, अभिलेखीकरण, पशुको गोवर परीक्षण,कृषि बीउबिजन वितरण प्राविधिक सल्लाहल गायतका सेवा प्रदान गरिने छ ।
विशेषत शिविरमा यसै साथ संलग्न सेवाहरु उपलब्ध हुनेछ । व्यास नगरपालिकाको वडा नं २,३ र ४ बाहेक सबै वडाहरुमा शिबिर संचालन हुने व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?