पोखरा : गण्डकी प्रदेशका सांसदहरूको पद तथा गोपनीयताको शपथ आगामी बिहीबार हुने भएको छ । नवनिर्वाचित प्रदेश सभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनेछन् । बिहीबार दिउँसो १ बजे उनीहरूको शपथ हुनेछ ।
त्यसअघि बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराउनेछन् ।
शपथ ग्रहणपछिको पहिलो बैठक १८ गते बस्नेछ । आइतबार प्रदेश प्रमुख गुरुङले १८ गते सोमबार दिनको ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् ।
शपथ ग्रहणसँगै गण्डकीमा सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र जनता समाजवादी पार्टीका एक सांसद छन् ।
यहाँ एकल बहुमतको सरकार बन्ने अवस्था छैन । केन्द्रदेखि तल्लो तहसम्म पुरानो गठबन्धन भत्केर नयाँ बनेकाले अब गण्डकीमा एमाले, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सरकार बन्ने अवस्था देखिएको छ । गण्डकीमा एमालेको २२, माओवादीको ८ र राप्रपाका २ सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ जनाको बहुमत चाहिन्छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?