पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजय भएका छन ।
बुधवार भएको मतदानमा भोजबहादुर अर्याललाई पराजित गर्दै संसदीयदलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन। पाण्डेले १८ मत पाए त्यस्तै अर्यालले ८ मत पाए भने १ मत बदर भएको छ ।
संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे र भोजबहादुर अर्यालले उम्मेदवारी दिएका थिए ।
संस्थापन पक्षबाट विन्दुकमार थापाको प्रस्तावक र टकराज गुरुङको समर्थनमा सुरेन्द्र पाण्डेले संसदीय दलको नेतामा उम्मेदवारी दिएका थिए भने, संस्थापन इतरपक्षबाट महेन्द्र ध्वज जिसीको प्रस्तावक र पार्वती तामाङको समर्थनमा संसदीय दलको नेतामा उम्मेदवारी दिए ।
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फ ९ गरी २७ सिट जितेको छ । २७ सदस्यले निर्वाचनमा मतदान गरेका छन








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?