
व्यास १ बिज्ञानचौरमा अवस्थित आदिकवि भानुभक्त क्याम्पसमा प्रा.डा. ईश्वरचन्द्र वाग्लेले केशव पार्वती अक्षय छात्रवृति कोषमा रकम सहयोग गरेका छन् । व्यास-२ निवासी प्रा.डा. वाग्ले यसै क्याम्पसबाट विगतमा २७ वर्ष नेपाली विषयको अध्यापन गरी अवकाश लिएका थिए ।
क्याम्पस प्रशासकीय अधिकृत बसन्ती आलेका अनुसार आफ्ना मातापिताको नाममा स्थापना गरेको केशव पार्वती अक्षय छात्रवृति कोषमा थप ४० हजार र सहिद चन्द्र नेपाली छात्रावास मा खाद्यन्न खरिद सहयता का लागी १० हजार गरी कूल ५० हजारको चेक मंगलवार क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष श्री बुद्धिमान श्रेष्ठ मार्फत क्याम्पसलाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेना क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
डा. वाग्लेले यस अघि नै उक्त अक्षय छात्रवृत्ति कोषमा १ लाख ११ हजार १ सय ११ रुपैया रकम सहयोग गरिसकेका छन् । त्यसबाहेक पनि डा. वाग्लेले क्याम्पसमा डिग्रि कक्षा सञ्चालनका लागी क्याम्पसलाई ३१ हजार नगद सहयोग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?