प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।

आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा उनले पानसमा दीप बालेर सो अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत उपस्थिति रहेको थियो ।

त्यसअघि, सो क्षेत्रमा हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?