म्याग्दे गाँउपालिकामा गरिवी निवारणका लागि अभिमुखीकरण

दमौली : तनहुँको म्याग्दे गाँउपालिका वडा नं ७ को स्वामीभन्ज्याङ्गमा “सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ” भन्ने मुल नाराका साथ  गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सिप सिकेर आत्मनिर्भर वन्ने मुख्य लक्ष्य राखेको कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कुनै पनि सानो ठुलो सानो व्यवसायमा सकारात्मक सोच राखेर अगाडी वड्ने हो भने सफलता पाउने वताए । काम आफैमा सानो ठुलो हुदैन, यसका लागी सकारात्मक सोच र ईच्छाशक्ति हुनु जरुरी छ ।

सिप नै जीवनको मुख्य आधार भएको हुदाँ हातमा सिप हुनेहरु कहिल्यै खाली वस्नु नपर्ने वताए । सिकेका सीपको निरन्तरता र व्यवहारिक कार्यन्वयनले यसको महत्व हुने हुँदा तालिम लिएर मात्र हैन, त्यसको अभ्यासले स्वलम्वी वन्न सकिने अध्यक्ष श्रेष्ठले वताए । लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले विशेष गरेर कृषि र व्यवसायलाई प्राथमिकता दिएको छ ।

जसले गर्दा दीर्घकालिन रुपमा स्वलम्वी र आत्मनिर्भर वन्न सकिन्छ । आम जनताको चेतनास्तर, आर्थिक स्तर उकास्न पालिका सदैव क्रियाशिल रहने पालिका अध्यक्ष श्रेष्ठले वताए ।
यसैगरि गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले गरिवी निवारणका लागी गरिएको यो अभिमुखीकरण कार्यक्रम अत्यन्त फलदायी भएको वताए । सानो सानो लगानी गरेर पनि सफल हुन सक्ने हुदाँ त्यसका लागी मुख्य आधार भनेका सिप नै भएको वताए ।

सिप सिकेर पनि राम्रो आय आर्जन गर्न सकिन्छ र त्यो नै आर्थिक उपार्जनको मुख्य श्रोत वन्ने हुदाँ मेडपा वाट तालिम लिएर पालिकामा धेरै जना उद्यमी वनेको वताए ।
कार्यक्रमका अध्यक्ष वसन्त कुमार श्रेष्ठले गाँउस्तरमा यो कार्यक्रम हुनु अत्यन्त सकारात्मक भएको वताए ।

आम जनतालाई स्वनिर्भर वनाउन प्रेरित गर्ने यस्ता कार्यक्रमले रोजगारीको सिर्जना गर्ने वताए । सिप लिएर त्यसलाई हाम्रो जीवनमा लागु गर्नुपर्दछ, त्यसले मात्र परिवर्तन सम्भव छ, वडाध्यक्ष श्रेष्ठले वताए ।

कार्यक्रममा नया उद्यमी ८० जना र पुराना उद्यमी ५० जना सहभागी रहेको लघु उद्यम विकास कार्यक्रम (मेड्पा) का फोकल पर्सन प्रदिप न्यौपानेले जानकारी दिए ।

कार्यक्रम पालिकाका सवै वडामा हुने गाउँपालिकाले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?