दमौली :पाँचौ आदिवासी जनजाति तथा सांस्कृतिक महोत्सव आज देखि सुरु हुँदैछ ।
आदिवासी जनजाति महासंघ तनहुँको आयोजनामा शुक्रबारदेखि व्यास-३ विपीवनवाटिकामा हुने ५औँ संस्करणको महोत्सवको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले गर्ने भएको महोत्सवका मूल संयोजक एवं महासंघका अध्यक्ष सुजित हिराचनले जानकारी दिए ।
‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।
महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुती, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिक स्थलको प्रबद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ ।
तेस्तै राष्टिय स्तरमा ख्यातिप्राप्त कलाकारको बेजोड प्रस्तुती रहनेछ ।
राष्टिय कलाकारहरुमा पशुपति शर्मा,खेम सेन्चुरी,राजु परियार,प्रीति आले,भूमिका गिरी,कला लम्साल,बद्री पंगेनी,सुप्रिम मल्ल,सम्झना लामिछाने मगर,आशा बिसी,सुमन परियार,सन्दिपसिं राना,अस्मिता डल्लाकोटी लगायतका कलाकार आउने बताइएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?