
दमौली : तनहुँको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीबीचको प्रकरणमा तनहुँका विभिन्न राजनीतिक दलले सर्वदलीय बैठक बोलाएर उक्त प्रकरण समाधान गर्न माग गरेको छ ।
संयुक्त रुपमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नेकपा एकीकृत समाजवादी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), जनता समाजवादी पार्टी, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी लगायतले शनिबार विज्ञप्ती जारी गर्दै दलहरुको सर्वदलीय बैठक बस्नुपर्ने बताएका हुन् ।
विज्ञप्तीमा नगरपालिकाकाे बेथिती र विकृतिको अन्त्य र कर्मचारीबीचमा हार्दिकता पैदा गर्नका लागि नगरपालिकाको नेतृत्वबाट पहल हुनुपर्ने बताएका छन् ।
विज्ञप्ती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?