काठमाडौं : सरकारमा सहभागी राजनीतिक दलहरुको समझदारीका आधारमा सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार साँझ सार्वजनिक भएको २१ बुँदे साझा कार्यक्रममा लोकप्रिय कार्यक्रमहरु समेटिएका छन् ।
कार्यक्रममा सबै कालखण्डका भ्रष्टाचारका फाइल खोल्नेदेखि सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनेसम्मका विभिन्न कार्यक्रम छन् ।
सुशासन र आर्थिक समृद्धि केन्द्रित साझा कार्यक्रम सार्वजनिक गर्ने समारोहमा सरकारलाई समर्थन गरेका जसपाबाहेक सबै दलका शीर्ष नेता सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?