लियो डिष्ट्रिक ३२५ एलको दोस्रो काउन्सिल मिटिङ दमौलीमा हुने

दमौली :  लायन्स क्लब इन्टरनेशल अन्तर्गत रहेको लियो डिष्ट्रिक ३२५ एल नेपाल लियो जिल्ला परिषदको दोस्रो काउन्सिल मिटिङ दमौलीमा हुने भएको छ ।

मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै लियो क्लब अफ तनहुँको व्यवस्थापनामा यहि पुस २९ र ३० गते दमौलीमा जिल्ला परिषदको दोस्रो काउन्सिल मिटिङ हुने क्लबका अध्यक्ष महम्मद गफ्फारले जानकारी दिए ।

यहि पुस २९ गते शुक्रबार व्यास-४ सिमलटार स्थित निम्तो पार्टी प्यालेसमा  कार्यक्रम भव्य रुपमा सञ्चालन गर्ने तयारी भइरहेको काउन्सिल मिटिङका कार्यक्रम संयोजक रोबिन श्रेष्ठले बताए।

संयोजक श्रेष्ठका अनुसार  काउन्सिल मिटिङका कार्यक्रमले व्यास नगरपालिका भित्रको पर्यटनको प्रवर्द्धन,युवा नेतृत्व तथा व्यक्तित्व विकास, नेटवर्किङ सिर्जना, जातजातिको संस्कृति प्रवर्द्धन , स्थानीय उत्पादनवस्तु तथा सेवा एवं व्यवसायिक प्रवर्द्धनमा सहयोग पुग्ने लक्ष्य लिएको जानकारी दिए ।

कार्यक्रमलाई सफल बनाउन लागि जिल्ला समन्वय परिषद तनहुँ, जिल्लाका नगरपालिका / गाउँपालिका, सुरक्षा निकाय , अमासमुह , टोल विकास सस्था, आदिवासी जनजाति तथा जातीय संघठनहरु, होटल व्यवसायी संघ, बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा गैरसरकारी संस्थाहरु , सम्पूर्ण लायन्स क्लब तथा आसपासमा रहेका सम्पूर्ण लियो क्लबहरुले समेत सहकार्य गरिरहेका छन् ।

विभिन्न डिष्ट्रिक पदाधिकारीहरु, जिल्ला परिषद सदस्य र २९ भन्दा बढी क्लबका सदस्यहरुगरी करिब ५ सय जनाको सहभागी हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?