के हो ड्रागन फ्रुट ? स्वास्थ्यका लागि कति फाइदा ?

दमौली : ड्रागन फ्रुट सिउँडी प्रजातिको वनस्पतिअन्तर्गतको फल हो । ड्रागन फलको नियमित प्रयोगले मानिसलाई ताजा राख्नुका साथै मुटु समेत स्वस्थ राख्छ ।

यसलाई दैनिक खानामा मिलाएर खानाले स्वास्थ्यमा सकारात्मक फाइदा गर्छ । यसमा ओमेगा हुने भएकोले पनि स्वास्थ्यलाई अत्यन्त फाईदा पु¥याउँछ ।

ड्रागन फलमा फाइबर र एन्टी अक्सिडेन्ट्स हुने भएकोले यसले मुटुलाई स्वस्थ्य राख्न मद्धत गर्छ । यसले शरीरमा रगतलाई सहि गतिमा सञ्चार गर्न सहयोग पु-याउँछ । यो फलले मुटुरोगको साथमा रक्तचापलाई नियन्त्रण गर्छ ।

– अमिलो ड्रागन फल भिटामिन सीको एकदमै उत्तम श्रोत हो । यसले शरीरको प्रतिरक्षा प्रणाली मजबुद बनाउन मद्धत गर्छ । यसले दाँतलाई स्वस्थ्य बनाउँछ भने छालाको चमक पनि बढाउँछ ।

– यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ ।

– यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज–कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?