काठमाडौं : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् ।
राष्ट्रपतिमा उनको नामको नाम चर्चा भइरहेका बेला डा. रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको र आफू सधैँ आँखाको उपचार सेवामा लागिरहने बताए ।
तिलगंगा आँखा प्रतिष्ठानमा आज आयेजित पत्रकार सम्मेलनमा डा. रुइतले भने, “राष्ट्रपति पद मेरा लागि बनेको होइन । मेरो आफ्नै एक्सपर्टिज छ । नेत्र उपचार सेवामा मेरो दायित्व अझै धेरै छ । म यहाँहरूलाई प्रष्ट पार्न चाहान्छु कि मलाई यसमा कुनै रुची छैन ।” उनले राष्ट्रपति पदलाई अझै सम्मानित र गरिमामय बनाउनुपर्नेमा जोड दिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?