
दमौली : तनहुँको म्याग्दे गाउँपालिका -१ गुणादीमा रहेको महेन्द्र माध्यमिक बिद्यालय म्याग्दे १ गुणादीकाे ४८ औं वार्षिकोत्सब एवं अभिभावक दिवस सम्पन्न भएको छ ।
बार्षिकाेत्सवकाे कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए । भाैतिक पुर्वाधार निर्माण सम्पन्न भएको अवस्थामा विद्यालयले अब शैक्षिक क्षेत्रमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
विद्यालय स्थापना कालमा अग्रजहरूले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै श्रेष्ठले उनिहरूकाे उद्धेश्य र सपना पूरा गर्न पनि अहिलेवरपरका बालबालिका हरू यसै बिद्यालयमा पढाउनु पर्ने बताए । अाफ्नै घर ठाउँको बिद्यालय छाेडि टाढा बिद्यार्थी पढ्न पठाउँदा अग्रजहरूकाे सपना पूरा नहुने उनको भनाइ थियो ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले शैक्षिक क्षेत्रकाे सुधारको लागि गाउँपालिकाले अावस्यक सहयोग गर्न सधैं तयार रहेको बताए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर नेपाली काे अध्यक्षतामा भएको बार्षिकाेत्सव कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक साेमबहादुर थापाले बिद्यालयकाे बार्षिक प्रतिवेदन पेस गरेका थिए ।
उक्त कार्यक्रममा म्याग्दे १ का अध्यक्ष मणिभद्र वाग्ले , पुर्व अध्यक्ष शिवषरण वाग्ले , ब्यबस्थापन समितिका पुर्व अध्यक्ष बिजय राज खनाल , पुस्पराज खनाल , बिन्दु शर्मा खनाल , पुर्व बिद्यार्थी समाजका अध्यक्ष बिकास खनाल , बिनाेद खनाल , राजेन्द्र केशरी न्याैपाने , भुपिन अाले , दलबहादुर बिक , कमला खनाल , नारायण प्रसाद खनाल , कल्पना रामदाम , मुक्ति नाथ खनाल , बिनाेद खनाल , नेत्रबहादुर बिक , उमादेवि भट्टराई , श्रीकान्त घिमिरे लगायतका बक्ताहरूले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बावुराम खनाल तथा पार्वती खनालले १ लाख १ हजार १ सय ११ रूपयाँकाे अक्षयकाेष स्थापना गरेका थिए । साे अवसरमा बिद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।
बार्षिकाेत्सवकै अवसर पारेर बिद्यालयले खरिद गर्न लागेको स्कुल बसकाे लागि पुर्व विद्यार्थी समाजले अभियान सञ्चालन गरेको छ । पुर्व विद्यार्थी समाजले सबैलाई सहयोग गरिदिन अाब्हान समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?