
दमौली : व्यावसायिकरूपमा पशुपालन गर्दै आएका कृषकलाई प्रोत्साहन गर्नका लागि तनहुँको म्याग्दे गाउँपालिकाले अनुदान उपलब्ध गराउन फर्मको अनुगमन गरेको छ। म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितीले पालिकाभित्र रहेर दर्ता गरी व्यवसायिक फर्म संचालन गरेका कृषकको अनुगमन तथा निरिक्षण गरेको हो ।
अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समितीका संयोजक घिमिरे, सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेलले १२२ व्यवसायिक फर्मको अनुगमन गरेको हो ।
कृषकलाई कृषि र उत्पादनमा अभिप्रेरित गर्नका लागी अनुदानको व्यवस्था गरेको हो । अनुदान वितरणका लागी पालिकाले पालिका भित्रका व्यवसायिक फर्मको लागी निवेदन माग गरेको थियो । जसमध्ये १२२ जना कृषकले अनुदान पाउनका लागी माग गरेको फर्मको पालिकाले अनुगमन तथा निरिक्षण गरेको हो ।
गाउँपालिकाले व्यावसायिकअनुदानका लागि चालु आर्थिक वर्षमा बोका वितरणका लागि रु तीन लाख ५० हजार, च्यापकटर वितरणका लागि रु एक लाख, गोठ खोर निर्माणका लागि रु चार लाख, लोकल कुखुरा वितरणका लागि रु एक लाख बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।
अनुदान वितरणका लागि पालिकाले व्यावसायिक कृषकसँग निवेदन माग गरेको थियो । तीमध्ये एक सय २२ कृषकले अनुदान प्राप्तिका लागि निवेदन दिएकामा गाउँपालिकाले सबै फार्मको अनुगमन गरेको हो ।
नवदुर्गा कृषि फार्मका सञ्चालक युवराज शाहीले बैंकबाट ऋण लिएर लगानी गरे पनि उत्पादनले बजार नपाउँदा समस्या हुने गरेको गुनासो गरे । गाउँपालिकाको सातवटै वडामा पुगेर व्यावसायिक फार्म अनुगमन गरेका छौं, अब कृषकको वर्गीकरण र आवश्यकता हेरेर अनुदान रकम उपलब्ध गराउँछौँ”, उपाध्यक्ष घिमिरेले भने ।
गाउँपालिकाले कुखुरा तथा पशुपक्षीपालन, माछापालन, बङ्गुरपालन, भैँसीपालन, मौरीपालनलगायतको निरीक्षण गरेको थियो ।
पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ वास्तविक कृषक पहिचानका लागी अनुगमन तथा निरिक्षणमा आएको वताए । अनुदानका लागी धेरै जनाको आवेदन परेको हुदाँ वास्तविक कृषकको पहिचानका लागी हामी फर्म निरिक्षण गरेको छौ । अव अनुदानको प्रक्रिया अगाडी वढ्दछ, श्रेष्ठले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?