लगातारको वर्षाका कारण पहिरो जाँदा मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध भएको छ ।
गएराति ८ बजे सेती दोभानमा ठूलो पहिरो खसेकाले दुुईतर्फी बाटो नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण पहिरो पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ ।
सडक बन्द भए पछि यात्रुुले गाडीमै रात बिताएका छन् । अहिले यो सडक खण्डमा गाडीको लामो लाइन छ ।
मुग्लिन-नारायणघाट सडक खण्डको ठाउँ-ठाउँमा पहिरोको जोखिम रहेकाले जोखिम मोलेरै यात्रा गर्नु पर्ने बाध्यता छ । पहिरो रोक्ने प्रयास भए पनि त्यो सफल हुन सकेको छैन। यो सडक खण्डमा बर्खामा मात्रै नभएर हिउँदमा समेत पहिरो जाने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?