वरिष्ठ नेता पौडेलले भने : लडाइँ झगडा गरेर होइन, मिलेर राष्ट्र बनाऔं

दमौली : नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले विकास निर्माणका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

व्यास नगरपालिका द्वारा आयोजित छैटौ व्यास अल्ट्र म्याराथनको सोमवार उद्घाटन गर्दै उनले राष्ट्रिय सहमतिकै आधारमा नेपालमा धेरै ठूल्ठूला परिवर्तन भएकोले मुलुकको विकास र समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक रहेकाे बताए।

उनले भने, “अब विकास निर्माणमा आपसमा लडाइँ झगडा गरेर होइन, मिलेर राष्ट्र बनाउने संकल्पमा पनि हाम्रो राष्ट्रिय सहमति आवश्यक छ, यसका लागि लगातार संवादमा छौँ।”

दाहालले राष्ट्रिय एकतालाई बलियो बनाउनका लागि सबै दल एक हुनुपर्नेमा जाेड दिए।

पौडेलले राष्ट्रिय सहमतिबाट नै नेपालको संविधान बनाइएको र यसलाई परिमार्जन गरी विकास गर्दै लैजाने जिम्मा पनि राजनीतिक नेतृत्वकै रहेकाे बताए।

उक्त कार्यक्रममा प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ, संबिधान सभा सदस्य रामचन्द्र पोख्रेल, पूर्व प्रदेश मन्त्री डावाटे बिक, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नगर प्रमुख बैकुण्ठ न्यौपाने लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?