तनहुँमा भदौ २१ गते सम्मको लागि निषेधाज्ञा लम्ब्याइएको छ । आज आइतबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले भदौ २१ गते गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
तनहुँमा कोभिड –१९ को जोखिम कायमै रहेको र जोखिम कमी नभएको अवस्थालाई मध्यनगर गर्दै निषेधाज्ञा थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
उनका अनुसार अब खोल्न अनुमति दिइएका पसलहरु बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाउने निर्णय भएको बताए ।यसअघि खाद्यान्न तथा अत्यावश्यक पसल बिहान ५ देखि १० र अन्य पसल बिहान १२ देखि साँझ ६ बजेसम्म खुल्दै आएका थिए ।
तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईले नजिकिँदै गरेको नेपालीहरुको महान चाडपर्बहरुलाई मध्यनजर नजर गर्दै सम्पूर्ण व्यवासायीहरुले सहज रुपमा व्यवासाय संचालन गर्न तथा समय माग सहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?