एमालेबाट निष्कासित सांसदको पद रिक्त नगर्ने सभामुखको निर्णय

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले निष्कासन गरेका १४ सांसदहरूको पद रिक्त नगर्ने निर्णय गरेका छन् ।

पार्टी विभाजनपूर्व कारबाहीमा परेका १४ सांसदको पद रिक्त गर्न एमालेले सभामुखलाई दबाब दिँदै आएको थियो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राजनीतिक दल सम्बन्धी अध्यादेश बमोजिम अलग दल दर्ता गरेको जानकारी निर्वाचन आयोगबाट प्राप्त भएकाले सभामुखले कारबाही गर्नु नपर्ने निर्णय भएको जानकारी दिए ।

एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले दल दर्ता प्रमाणपत्र लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?