दमौली : प्रतिनिधिसभा सदस्य एवं पुर्व मन्त्री शंकर भण्डारीले संघियता र राज्यको शासकिय व्यवस्थामा पुर्नविचार गर्नुपर्ने वताएका छन्।बिहिवार म्याग्दे गाँउपालिका-६ को निर्माणाधिन भवनको उद्घाटन गर्दे उनले राज्यको शासकिय व्यवस्थामा पुर्नविचार गर्नुपर्ने वताएका हुन् ।
स्थायी सरकार वनेर देश विकास र निर्माणमा लाग्नुपर्नेमा सरकारको रवैया हेर्दा त्यस्तो नदेखिएको हुदाँ अव फेरि पनि देश अस्थिरतातर्फ उन्मुख भएको वताए ।
देशको कानुन, विधि र पद्धती सवैले मान्नुपर्ने तर देशमा नयाँ शक्तिको रुपमा उदाएको शक्तिले कानुनको विधि र पद्धती नमानेको कारण वाहिरिन परेको सासंद भण्डारीले वताए।
गण्डकी प्रदेशसदस्य श्यामराजा महतले सरकारसँग वजेट नहुँदा ठुला ठुला योजनामा समस्या परेको हुदाँ देशमा आर्थिक संकट आईपरेको वताए ।
त्यस्तैगरी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकालाई आत्मनिर्भर बनाउने तर्फ लागिपरेको वताए ।
म्याग्दे गाँउपालिका-६ को वडाध्यक्ष हिरावहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष वालकृष्ण घिमिरे, पुर्व पालिका अध्यक्ष मायादेवी राना, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी, कार्यपालिका सदस्य वद्रिका घिमिरे, नेकपा एमाले म्याग्देका अध्यक्ष वसन थापा, नेपाली काग्रेस म्याग्देका सभापति रामभक्त घिमिरे र वडाध्यक्षहरुले धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?