काठमाडौं : नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
चर्चित व्यवसायीसमेत रहेका प्रसाईँले एमाले पार्टी परित्याग गरेको आइतबार घोषणा गरेका हुन् ।
प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । त्यसपछि प्रसाईँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो ।
पार्टीले कारबाहीको निर्णय नगर्दै उनले पार्टी परित्याग गरेको बताएका हुन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?