नेविसंघ तनहुँको सभापतिमा सुरज सिफारिस

दमौली : नेपाल विद्यार्थी संघ तनहुँको सभापतिमा सुरज लम्साल सिफारिस भएका छन् ।

नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको अध्यक्षतामा मंगलबार बसेको पार्टीको बैठकले लम्साललाई नेविसंघ सभापतिमा सिफारिस गरेको हो ।

शुक्लागण्डकी नगरपालिका–३,कवासे निवासी लम्साललाई अध्यक्षमा मनोनयनका लागि नेविसंघ केन्द्रीय कार्यसमितिलाई सिफारिस गरिएको नेपाली कँँग्रेस तनहुँले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

पार्टीको सिफारिस बमोजिम लम्साललाई नेविसंघ केन्द्रीय समितिले अध्यक्षमा मनोनित गर्नेछ ।लम्साल यसअघि संघको जिल्ला सदस्य रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?