ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । नेपालले पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । नेपाल र पीएनजी बीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।खेल नेपाली समय अनुसार अपरान्ह ४:१५मा सुरु हुनेछ । नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा पहिलो पटक डे नाइट खेल्न लागेको हो । दुई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल २ विकेटले बिजय भएको थियो ।
नेपालले आज दोस्रो खेल जित्दै सिरिज आफ्नो बनाउने योजनामा छ भने पीएनजी पनि नेपाललाई हराएर सिरिज बराबरी गर्न दाउमा हुनेछ। सिरिजमा नेपाल १–० ले अघि रहेको छ । नेपालले पीएनजीसँगको दुई खेलको सिरिज खेलिसकेपछी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ । नेपाल,ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज ओमानमै हुनेछ ।
टिम नेपाल : ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवकर र बिक्रम शोब
टिम पपुवा न्युगिनी : किप्लिन डोरिगा(विकेटकिपर), अस्सद वाला, चाल्र्स अमिनी, सीसी बाउ, सिमन अताई, जेसन किला, चाड सोपेर, लेगा सियाका, काबुआ मोरिया, नोर्मन भानुअ, हिरी हिरी, नोसैना पोकना, गउडी टोका, टोनी उरा, डमिन रावु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?