दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा दैनिक ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन-पोखरा सडक विस्तारकाे कामका लागि रातिमा थप १५ दिन पूर्ण सडक बन्द गरी काम गर्न लागिएको हो ।
शुक्रबार बसेको सरोकारवालाको बैठकले फागुन २८ गतेदेखि १२ गतेसम्म उक्त खण्ड बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिए ।
हरेक दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गरिने सहायक प्रजिअ गैरेले बताए ।
पृथ्वी राजमार्ग विस्तारका क्रममा धुलो उडेर सवारी साधनहरु सञ्चालन गर्न असहज हुने हुँदा दुवै खण्डका योजनाहरुले आवश्यकतानुसार सडकमा पानी हाल्ने व्यवस्था मिलाउन समेत प्रशासनले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?