दमौली : तनहुँ क्षेत्र न.१ मा कांग्रेसका पुराना नेता संविधान सदस्य रामचन्द्र पोख्रेलले पनि टिकट आफूले पाउनु पर्ने भन्दै उम्मेदवारी दावी गरेका छन्।
यस क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुनेभएसंगै नेपाली कांग्रेसबाट नेताहरूले आआफ्नो तवरले टिकटको लागि लागेका छन्।
रिक्त स्थानमा हुने उप निर्वाचनमा मैले दृढ संकल्पका साथ उमेदवारीका लागि दावी गरेको छु सामाजिक संजाल मार्फत पोख्रेलले भनेका छन्।
बहुदलीय प्रजातान्त्रिक व्यवस्था आएपछि देखि प्रतिनिधि सभा निर्वाचन लड्ने संकल्प अहिले पनि रहेकाले यसपाली पार्टीका सबै तहलु आफूलाई न्याय गरिनुपर्ने बताएका छन्।
उनले भनेका छन्, :”२०४६ मा बहुदलीय प्रजातान्त्रिक ब्यवस्था पुनर्थापना भए पश्चात देखि प्रतिनिधि सभाका लागि (प्रत्यक्ष निर्वाचन) लडने मेरो संकल्प अहिले पनि रहिरहेको छ । मलाई एक पल्ट प्रत्यक्ष निर्वाचन लडने अवशर दिईनु पर्दछ भन्ने मेरो दावी छ।पार्टीको केन्द्र देखि सबै तहसंग हात जोडेर बिनम्र अनुरोध छ – मलाई न्याय गरिनु पर्दछ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?