
दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा विवादका कारण स्थगित हुन पुगेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सहमतिका आधारमा नेतृत्व चयन गरिने भएको छ।
बिहिवार स्ववियु निर्वाचन स्थगित अनिश्चितकालका लागि स्थगित गरिएको क्याम्पसलेराजनीतिक दल र विद्यार्थी संगठनका प्रतिनिधिहरु बीच छलफल गरि नेतृत्व चयन गरिने अनेरास्ववियुका एक विद्यार्थी नेताले बताए।
सहमतीको आधारमा सभापति, उपसभापति र सचिव सहित ११ सदस्य नेविसंघ, एक पदाधिकारी सहित अन्य दुई सदस्य माओवादी केन्द्र निकट विद्यार्थी संगठन र एक पदाधिकारी सहित अन्य ४ सदस्य अन्य विद्यार्थी संगठन लिन सहमत भएपछि सहमति गर्ने प्रयास जारी राखेको उनले दमौली अनलाईनलाई जानकारी दिए ।
नेबिस निकट एक नेताका अनुसार सहमतिमा आए सहमतिको आधारमा नेतृत्व चयन गर्ने नआएमा चुनाव नै गर्ने तयार रहेको जनाएको छ ।
स्ववियु निर्वाचनका लागि फर्जी विद्यार्थी भर्ना गरिएको उम्मेदवारी खारेज हुनुपर्ने माग राख्दै नेकपा कम्युनिष्ट निकट ४ विद्यार्थी संगठनको संयुक्त क्याम्पस इकाईले गत आइतबार ताला लगाएको थियो।
सर्वदलीय बैठक मार्फत क्याम्पस सञ्चालक समितिको अध्यक्षमा छानबिन समिति निर्माण गरी समस्याको समाधान निकाल्ने निर्णय भएपछि ताला खोलिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?