दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले रासायनिक मलमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
सोमवार राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले प्रजिअ छबिलाल रिजाल मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
कृषि तथा पशुपन्छी विभागले आइतबार विज्ञप्ति जारी गर्दै ०७९ फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त निर्णय फिर्ता लिन माग गरेको छ ।
राप्रपाले अनुदान कटौतीको निर्णयले नेपाली किसानको प्रतिस्पर्धी क्षमतालाई कमजोर पारी विदेशी उत्पादनलाई नेपाली बजार कब्जा गर्न सहज गराउने नियोजित उद्देश्य रहेको आरोप समेत लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?