काठमाडौं : साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ।
सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ७०० रुपैयाँ घटेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार भने सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेर हालसम्मकै उच्च अंकमा पुगेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३३० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?