तनहुँ-१ उपनिर्वाचन लागि कांग्रेसका १३ जनाले दिए पार्टीमा दरखास्त

दमौली : तनहुँ-१ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसमा १३ जनाले दरखास्त दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य क्षेत्रीय कार्यसमितिले आवेदन मागेको १३ जनाले दरखास्त दिए हुन् ।

क्षेत्रीय सचिव दयानिधी नरालका अनुसार पूर्व सभापति रघुनाथ पौडेल, केन्द्रीय सदस्य गोविन्द भट्टराई, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दिपक भट्टराई, लक्ष्मी आचार्यले दरखास्त दिएका छन् ।

त्यस्तैगरी, आँबुखैरेनी सभापति विष्णु पन्त,जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, रामचन्द्र पोख्रेल, समुन्द्र गोदार, डोवाटे बिक, सरिता गुरुङ, अर्जुन अधिकारी र श्याम मौरतीले दरखास्त दिएका छन् ।

उम्मेदवार आंकाक्षीसँग ६ हजार शुल्क लिइएको छ। क्षेत्रीय समितिले चैत १५ भित्र उम्मेदवारको नामावली प्रदेशमा सिफारिस गर्नेछ । चैत २० गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

तनहुँ-१ का सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?