गोरखा : राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ नभनी ‘आवागमन’ शब्द प्रयोग गर्न आग्रह गरेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौं बाहिरको भ्रमणमा गोरखा पुगेका राष्ट्रपति पौडेलले ‘सवारी’ शब्द सामान्तवादको प्रतीकको रुपमा रहेको भन्दै भ्रमणमा ‘आवागमन’ शब्दको प्रयोग गर्न आग्रह गरे ।
‘देशमा गणतन्त्र आएको छ । राजतन्त्र र गणतन्त्रको राष्ट्राध्यक्षमा केही फरक हुन्छ भन्ने विषयलाई हेक्का राख्छु भनेर मैले भनेको थिएँ । अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरे पनि भ्रमणको सन्दर्भमा प्रयोग नगरौं ।” उनले भने
“अवागमन शब्द प्रयोग गरे हुन्छ । सवारी आगन्तुक शब्द हो, फारसी शब्द हो,’ पौडेलले भने, ‘सवारी समान्तवादको प्रतीकको रुपमा लिइएको हुनाले त्यसलाई नयाँ रुपमा प्रस्तुत गरौं । आवागमन शब्दलाई प्रयोग गरौं भनेर भन्ने अनुरोध गर्न चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?