दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तनहुँ-१ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तनहुँ-१ सहित वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
पार्टीको सोमवार बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनले भने, “तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धन बिना उम्मेदवार दिने निर्णय भएको छ । ” बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ ।
निर्वाचन परिचालनका लागि बारा-२ मा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन-२ मा उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ-१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकिएको प्रवक्ता श्रेष्ठले बताए ।
राप्रपाले वैशाखदेखि सक्रिय सदस्यता वितरण अभियानलाई तिव्रता दिने निर्णय गरेको छ र २०८० सालसम्म सक्रिय सदस्यको संख्या दुई लाख पुर्याउने लक्ष्य लिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?