पत्रकार महासंघ शाखा तनहुँका पूर्व अध्यक्ष एवं सेतीमादी दैनिकका सम्पादक डम्बर अधिकारीलाई प्रबल जनसेवाश्री पदक प्रदान गरिने भएको छ। संविधान दिवसका अवसरमा सरकारले प्रदान गर्ने जनसेवा श्री पदकको सूचीमा अधिकारीको नाम छ । राष्ट्रपतिद्वारा प्रदान गरिने उक्त पदक मेरो नाम पनि आउँदा खुशी लागेको र सञ्चार क्षेत्रलाई अगाडि बढाउन आफूलाई अझै हौसला मिलेको अधिकारीले बताएका छन् । सेतीमादी दैनिकका सम्पादक उनी झण्डै साढे दुई दशकयता पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय सहभागी हुँदै आएको छन् । त्यस्तैगरी सोही दिवसकै अवसरमा शुक्लागण्डकी नगरपलिका का श्रीप्रसाद गुरुङलाई पनि पदक प्रदान गरिने सरकारको सूचीमा परेको अधिकारीले जानकारी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?