काठमाडौं : कांग्रेसनिकट युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले तनहुँ-१ बाट उपचुनाव लड्ने चर्चा सुरू भएको छ । तर, उनी कांग्रेसबाट नभएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न लागेको दाबी गरिएको छ ।
स्रोतका अनुसार डा. वाग्ले अहिले तनहुँ १ मै गएर त्यहाँको वस्तुस्थिति बुझिरहेका छन् । पर्सिसम्ममा उनको उम्मेदवारीको औपचारिक घोषणा हुनसक्ने स्रोतले दाबी गर्यो ।
‘अहिल्यै खुलासा नगरौं, तर तनहुँ १ मा उम्मेदवारको नामले नै भाइब्रेसन आउनेछ,’ डा. ढकालले भने ।
उनले चितवन र तनहुँमा रास्वपाको जित सुनिश्चित रहेको बताए । यसअघि संसदीय चुनावमा तनहुँमा रास्वपा चौथो भएको थियो । पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ भोट ल्याएका थिए ।
डा. वाग्ले भने संसदीय चुनावमा चितवनबाट उठ्न चाहन्थे । तर, कांग्रेसले उनलाई टिकट दिएन । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका वाग्लेले चितवन १ बाट लड्न आवेदन दिएका थिए । तर, पार्टीले अर्का अर्थशास्त्री विश्व पौडेललाई उम्मेदवार बनाएको थियो । तर, उनी पराजित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?