
दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीकाको तर्फबाट तनहुँ -१ का उम्मेदवार डा. स्वर्णिम वाग्ले दमौली आउँदैछन् ।
शनिवार पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेपछि सोमवार मनोनयन दर्ता गर्न दमौली आउन लागेका हुन् ।
उम्मेदवार वाग्ले र पार्टीका सहमामन्त्री कविन्द्र बर्लाकोटी पार्टीको आँबुखैरेनी गाउँपालिका कार्यालयमा कार्यकर्ता संग भेटघाट गरी दमौली आउने पार्टीका जिल्ला सभापति विकास सिग्देलले जानकारी दिए ।
आज देखि दमौलीमा हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सहभागी हुने समेत सिग्देलले बताए।
कविन्द्र बर्लाकोटीले लेखेका छन् “अब आजको यात्रा तनहुँ तर्फ । साथीभाईहरु पनि समय मिलाएर आउन अनुरोध छ । तनहुँका आफन्त साथीहरूलाई घण्टीमा भोट मागी साथ दिन अनुरोध छ । यात्रा सफल गरेर फर्किने हो ।”
वैशाख १० मा हुने तनहुँ -१ को उपनिर्वाचनमा कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट वाग्लेले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?