कारवाही फुकुवा भएपछि जाेशीले भने : पार्टीको निर्णयले भ्रम छर्न खोजियो

दमौली : नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफू माथिको कारबाही फुकुवा गर्ने भन्ने निर्णय खोजिएको बताएका छन् ।

उनले सामजिक संजालमा लेख्दै उपनिर्वाचनको मुखैमा आएर पार्टीले  कारवाही फिर्ता गरेको कारबाही फुकुवा भन्ने पार्टीको निर्णय भ्रम छर्न खोजिएको बताएका हुन् ।

उनले लेखेका छन् : ” गोबिन्द राज जोशी को कारबाही फुकुवा भन्ने पार्टीको निर्णय भ्रम छर्न गरीएको हो। मेरो कुनै व्यक्ति संग यसबारे छलफल भएको छैन। विस्तृत खण्डन को लागि प्रतीक्षा गर्नुहोला।”

आइतबार दमौलीमा आयोजित आफू निकट कार्यकर्ताको भेला सकेर जोशी काठमाडौ प्रस्थान गरेका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले कांग्रेस नेताहरू जोशी र कांग्रेस चितवनका पूर्वसभापति विकास कोइराला माथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिएका थिए।

पूर्वसहमहामन्त्री जोशीले २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । तर, भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका जोशीले उम्मेदवारी दिएको भन्दै पौडेलले निर्वाचन आयोगमा उजुरी दिएपछि उनको उम्मेदवारी खारेज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?