
दमौली : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोविन्द भट्टराईलाई विजयी गराएर पठाउन तनहुँ -१ का मतदातालाई आग्रह गरेका छन् ।
सोमवार दमौलीमा आयोजना गरेको उम्मेदवार मनोनयन दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै उनले गोविन्द भट्टराईमा काम गर्न सक्ने क्षमता भएको बताउँदै विजयी गराएर पठाउन आग्रह गरेका हुन।
भट्टराईले पार्टीभित्रका नयाँ र पुराना नेताहरूलाई जोड्न सक्ने र गठबन्धन दलहरूलाई पनि साथसाथै लैजान सक्ने थापाले बताए।
उनले ५ वर्षका लागि कांग्रेसलाई जिताएर पठाउन पनि आग्रह गरेका थिए। कांग्रेसले परिणाम दिने गरी काम गरेन भने अर्को चुनावमा मतदाताले दण्ड दिन सक्ने बताए।
केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, जिल्ला सभापति रघुनाथ पौडेल,जिल्ला सभापति जीत प्रकाश आले, जनता समाजवादी पार्टी तनहुँका अध्यक्ष अर्जुन गुरुङ लगायत उपस्थित रहेको थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?