दमौली : तनहुँ निर्वाचन क्षेत्र नम्बर-१ को प्रतिनिधि सभा सदस्यका लागि डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट वाग्लेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
वाग्लेको प्रस्तावकमा विश्व बोस्तोला र समर्थकमा डा. रुपक बिक घिमिरे रहेका छन् ।
वाग्लेले सभापति रवि लामिछानेको उपस्थितिमा मनोनयन दर्ता गराउने भएका छन् ।
उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?