दमौली : बैशाख १० गते हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि तनहुँ-१ मा नौ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिनिधिसभाका लागि नौ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले जानकारी दिए ।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोबिन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले ,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ र नेकपा एमालेबाट सर्वेन्द्र खनालले उम्मेदवारी दिएका छन्।
नागरिक उन्मुक्ति पार्टीबाट भिम बहादुर सुनार, नेकपा समाजवादी पार्टीबाट गणेस श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्ण बहादुर राना, नेसनलिस्ट मंगोल नेसनल आर्गनेशनबाट प्रेम बहादुर थापा र नेपाल मजदुर किसान पार्टीका राम प्रसाद प्रजापतिले उम्मेदवारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?