दमौली : तनहुँ -१ मा उपनिर्वाचनका लागि भाग लिने विभिन्न दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
तनहुँ-१ मा वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ।
उम्मेदवारी दर्ता गर्नको लागि आज अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय थियो । तनहुँ-१ मा ९ जनाले उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोबिन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले ,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ र नेकपा एमालेबाट सर्वेन्द्र खनालले उम्मेदवारी दिएका छन्।
नागरिक उन्मुक्ति पार्टीबाट भिम बहादुर सुनार, नेकपा समाजवादी पार्टीबाट गणेस श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्ण बहादुर राना, नेसनलिस्ट मंगोल नेसनल आर्गनेशनबाट प्रेम बहादुर थापा र नेपाल मजदुर किसान पार्टीका राम प्रसाद प्रजापतिले उम्मेदवारी दिएका छन्।
तस्बिरहरू:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?