जिल्लावासीको सेवा गर्ने लक्ष्य सहित चुनाव लड्न आएको हुँ : उम्मेदवार सर्वेन्द्र खनाल

दमौली :  वैशाख १० गते हुने तनहुँ-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले तनहुँ जिल्लावासीको सेवा गर्ने लक्ष्य सहित चुनाव लड्न आएको बताएका छन् ।

प्रेस चौतारी नेपाल तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रहरी भएर देशको सेवा गरेको र अब जिल्लावासीको सेवा गर्ने लक्ष्यले तनहुँमा आएर चुनाव लड्न आएको बताएका हुन् ।

“हिजो प्रहरीमा जागिर गरिरहदा कही सुधार गर्न खोझेको हुँ “, उनले भने :” अब नीति निर्माण गर्ने ठाउँमा पुगे भने आफुले त्यहि अनुसार कानुन, नीतिहरु निर्माण गर्न सक्ने म विश्वस्त छु । ”

आफ्नो नेतृत्वमा नेपाल प्रहरी उत्कृष्ट संगठन बनेको उनले दाबी गर्दै उनले भने ‘मेरो बारेमा यहॉका जनताले सुक्ष्म रुपमा अध्ययन गरिदिनुस्,’

“टेलिभिजनमा कार्यक्रम संचालन गर्दा निर्मला हत्या प्रकरणको व्यक्ति सार्वजनिक गर्छु भन्ने मान्छे पनि गृहमन्त्री भएकै हो, म पछि तीन जना प्रहरी प्रमुख भएकै हो” उनले भने : किन गरेन त उनीहरुले हत्या प्रकरणको सार्वजनिक ” आफूले इमानदार भएर कर्तव्य पूरा गरेको उनले बताए।

सांसद अपहरण काण्डमा आफुलाई राजनीतिक पूर्वाग्रह राखिएको बताए। व्यवस्था पाइसकेकोले अवस्था परिवर्तन गर्ने समय आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?