टुरिष्ट भन्ने प्रश्नमा वाग्लेले भने :शंकर भण्डारी मादी पारी गएर चुनाव लड्नुभयो, म मर्स्याङ्दी पारिको हुँ

दमौली : वैशाख १० गते हुने तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेले आफु टुरिष्ट उम्मेदवार नभएको दाबी गरेका छन्  ।

शुक्रवार दमौलीमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले आफु तनहुँको छिमेकी जिल्ला गोरखा गरेको भएकाले टुरिष्ट उम्मेदवार भन्न नमिल्ने दाबी गरेका हुन्  ।

‘ शंकर भण्डारी मादी पारी गएर चुनाव लड्नुभयो , उनले भने “म मर्स्याङ्दी पारिको मान्छे यहाँ आउन नहुने ”  उनले थपे ” प्रदीप पौडेल जी काठमाडौ गएर चुनाव लड्नुभयो. उहाँलाई जिताउन लाग्नेमध्ये म पनि लागेकै हुन्  ।’

कुनै पनि नागरिक देशको जुन सुकै क्षेत्रमा लगाएर उम्मेदवारी दिन पाउने बताउदै उनले तनहुँमा जन्मेको प्रदीप पौडेललाई पनि आफुले काठमाडौंमा सहयोग गरेको बताए ।

उनले विश्वका धेरै देशहरुको उदाहरण दिएर नेपाल पछि परेको बताउँदै नेपालको आर्थिक सामाजिक लक्ष्यहरुलाई स्पष्ट पारेर जनतामा गई विकासको काम अघि बढाउनुपर्ने बताए ।

राजनीतिक परिवर्तनका लागि मात्रै नेपालको राजनीति रुमल्लिएको बताउँदै उनले अब कुरेर, धैर्य गरेर, जेल नेल भोगेर भत्ता खाने उमेरमा सम्मानित पदमा जाने भन्दा पनि जनतालाई ‘डेलभरी ’ दिने राजनीतिमा अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?