
दमौली : तनहुँको म्याग्दे गाउँपालिका मानुङमा जंगली च्याउ खादा एकै परिवारका चार जना बिरामी परेका छन्।
आइतवार बिहान स्थानीय जंगलमा च्याउ खोजेर ल्याएका उनीहरुले पकाएर खाएको केही समयमा बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
बिरामी पर्नेमा म्याग्दे गाउँपालिका-१ बर्ष ३३ की रिमा बि.क, बर्ष १३ को रमित बि.क, बर्ष २३ की कबिता बि.क र वर्ष ४ की अन्जली बि.क रहेका छन्।
रिमा र रमितको दमौली अस्पतालमा उपचार ल्याएर उपचार पश्चात डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिए । बिरामी कबिता र उनकी अन्जली छोरीको थप उपचारको लागी पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरा पठाएको प्रहरीले बताएको छ।
उक्त घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?