डा. स्वर्णिम वाग्लेले भने : एकचोटी मन र मत परिवर्तन गरिदिनुस्

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले नेतृत्व सुधार गर्न मन र मत बदल्न आग्रह गरेका छन्।

चुनावी प्रचारका क्रममा तनहुँको भानु नगरपालिका पुगेका वाग्लेले विकृत नेतृत्वलाई विस्थापित गर्नका लागि पनि तपाईंहरूले एकचोटी मन र मत परिवर्तन गर्न आग्रह गरेका हुन् ।

वाग्लेले पार्टीमा सबैखालको प्रवृत्ति भएका व्यक्ति हुने भन्दै खराब पात्रहरुलाई कारवाही हुने समेत बताएका छन्  ।

उनले भने, “नयाँ पार्टी हो । पार्टीमा नयाँ नयाँ मान्छे आउँछन्, राम्रो सम्भावना भएकाहरु पार्टीमा रहन्छन् । केही पात्र खराब पनि आउन सक्छन् । खराब पात्रहरुलाई कारवाही हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?