
दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा बिहिवार आयोजित कोणसभामा उम्मेदवार वाग्लेले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
तीन वटा मुद्दा लिएर चुनावमा होमिएको बताउँदै वाग्लेले शिक्षा, स्वास्थ्य, बाटोघाटो, सिँचाइलगायत विकासका काममा जनतासँगै रहने प्रतिबद्धता जनाएका छन् ।
‘तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ’, उनले भने” नेतृत्व सुधार गर्न मन र मत बदल्न आग्रह गर्दछु ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?