नयाँ वर्षको शुभकामना दिँदै डा.स्वर्णिमले भने- अर्थतन्त्र उकास्ने कार्यसुची लिएर मैदानमा उत्रिएको छु

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र उकास्ने मुल कार्यसुचि लिएर आफु मैदानमा उत्रिएको बताएका छन्  ।

नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै उम्मेदवार डा. वाग्लेले देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी अर्थतन्त्र उकास्ने तर्फ लग्नुपर्ने उल्लेख गरे।

उनले भनेका छन् : “यो नयाँबर्षमा राजनितिलाइ सङ्लो बनाउने र अर्थतन्त्र उकास्ने मुल कार्यसुचि लिएर म मैदानमा उत्रिएको छु । “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?