दमौली : सत्ता गठबन्धनका चार दलले वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपचुनावमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन संयुक्त अपिल गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सभापतिले शुक्रबार विज्ञप्ती जारी गरी भट्टराईलाई विजयी गराउन अपिल गरेका हुन् ।
गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराई चुनावलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालन हुन आवश्यक रहेकाे अपिलमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?