दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीलेले तनहुँको व्यास नगरपालिका -३ स्थित खुल्ला मैदानमा भोलि चुनावी आमसभा गर्ने भएको छ ।
रास्वपाले भोलि आइतवार आमसभा गर्न लागेको हो ।
तनहुँ-१ मा हुने उपनिर्वाचनका लागि रास्वपाले भोलि व्यास नगरपालिका -३ स्थित खुल्ला मैदानमा दिउसो २ बजे सभा गर्न लागेको जिल्ला सभापति विकास सिग्देलले जानकारी दिए ।
सभालाई पार्टीका सभापति रवि लामिछाने,केन्द्रीय सहमहामन्त्री कविन्द्र वुर्लाकोटी, उम्मेदवार डा. स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकल ढकाल, सांसद शोविता गौतम, सांसद विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य रमेश प्रसाई, ई. श्रीराम न्यौपाने, निर्वाचन परिचालन समिति संयोजक विश्वनाथ बास्तोला लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
रास्वपाबाट तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?