दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.स्वर्णिम वाग्लेले तनहुँमा राम्रो काम गरेर नाम कमाउन चाहेको बताएका छन् ।
तनहुँको विभिन्न ठाउँमा शनिवार मतदातासँग भेट्दै डा. वाग्लेले तनहुँका लागि केही गरौं भन्ने भावनासहित निर्वाचन लड्न आएको बताए ।
“तनहुँका लागि केही राम्रो गरौं भन्ने लोभ म मा छ,” उनले भने, “बढीमा तीन कार्यकाल जनतामाझ परिचित हुन चाहन्छु ।”
डा.वाग्लेले अहिले सबैको सहानुभूति रास्वपामा देखिएको भन्दै नयाँ शिराबाट राजनीति सङ्ल्याउने अभियानमा आफूहरु रहेको बताए ।
शनिवार तनहुँका विभिन्न ठाउँमा पार्टीका केन्द्रीय सदस्य सोविता गौतम,सचेतक सन्तोष परियार, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चुनाव परिचालन संयोजक विश्वनाथ बास्तोला लगायत सहभागी रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?