तनहुँमा गठबन्धनका उम्मेदवार जिताउन एकीकृत समाजवादीले खटायो किसान

दमौली : एकीकृत समाजवादीले बैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ लाई खटाएको छ ।

पार्टीले तनहुँ १ मा हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन फिल्डमा खटाएअनुसार आफु निर्वाचन क्षेत्रमा आईतबार पुग्ने श्रेष्ठले जानकारी दिए ।

‘तनहुँको उपनिर्वाचनमा हाम्रो पार्टीले गठबन्धनका उम्मेदवार जिताउन मलाई खटाएको छ । म आइतबार निर्वाचन क्षेत्र पुग्दैछु’ श्रेष्ठले भने, ‘अब गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर मात्रै फर्किन्छु ।’

स्मरणरहोस् श्रेष्ठको गृहजिल्ला पनि तनहुँ नै हो । यसअघि २०७४ को निर्वाचनमा श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर ०७९ मंसिरको निर्वाचनमा श्रेष्ठ बाराबाट निर्वाचित भएका थिए ।

तनहुँ १ मा गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई हुन् भने एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा.स्वर्णिम वाग्ले चुवावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?