दमौली : नेपाली कांग्रेस तनहुँले आँबुखैरेनीका सभापति विष्णु पन्त र क्रियाशील सदस्य राजु दाहाललाई कारवाही गरेको छ ।
कांग्रेसका उम्मेदवार विरुद्ध प्रचारप्रसार गरेको भन्दै कांग्रेस अनुशासन समितिले दुई जनालाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गरिएको कांग्रेसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सभापति पन्त केहि समय अघि पत्रकार सम्मेलन र क्रियाशील सदस्य दाहालले सामाजिक संजाल मार्फत कांग्रेस पार्टी परित्याग गरेको घोषण गरेका थिए ।
दुवै जनाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ-१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा खुलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?