दमौली : गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन नेपाली कांग्रेसका अतिरिक्त अन्य पाटीका नेताहरु समेत तनहुँमा आएका छन् ।
केन्द्रीय स्तरका नेताहरुको आवागमनले तनहुँ–१ को उपनिर्वाचन रोचक बनेको छ ।
भट्टराईको चुनावी प्रचारको लागि नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान आईतबार दमौली आएको छ ।
पार्टीले गठवन्धनका उम्मेदवार भट्टराईलाई जिताउन जिम्मेवारी दिएर खटाए अनुसार तनहुँ आएको श्रेष्ठले जानकारी दिए ।
‘‘म अब चुनाव सम्म तनहुँ बस्छु र त्यसविचमा तनहुँका धेरै ठाउँमा पुग्छु’’ सांसद श्रेष्ठले भने । गठवन्धनका उम्मेदवार र अन्य दलका उम्मेदवार लाई श्रेष्ठले घर साङ्लेले र बन साङ्लेको संज्ञा दिँदै भट्टराईले जित्ने दावी गरे ।
श्रेष्ठ तनहुँ क्षेत्र नं १ का निर्वमान सांसद श्रेष्ठ हाल बाराबाट निर्वाचित सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?